६० केजी सुन तस्करी प्रकरणः पक्राउ पर्नै लाग्दा भागेर अमेरिका पुगे एमाले नेता सर्बेन्द्र खनाल !

१२ भाद्र २०८०, मंगलवार १३:२७

काठमाण्डौ, १२ भदौ– प्रमुख प्रतिपक्षी दल एमालका नेता एवं नेपाल प्रहरीका पूर्वमहानिरीक्षक सर्बेन्द्र खनाल देश छाडेर भागेको खुलासा भएको छ ।

खनाल भागेर अमेरिका पुगेको सूचना सीआईबीको उच्च श्रोतले पाएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी उच्च श्रोतका अनुसार खनालको ६० केजी सुन तस्करीमा संलग्नता देखिएको थियो ।

प्रहरीले पक्राउको तयारी गरेको सूचना पाउपछि खनाल रातारात भागेको सिआईबीका एक अधिकारीले जानकारी दिएका छन ।

प्रहरी उच्च नेतृत्वले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई खनाल भागेर अमेरिका पुगेको जानकारी गराएका छन् ।

पक्राउ गर्ने तयारी भएको सूचना पाएपछि उहाँ रातारात भागेर अमेरिका पुगेको ति अधिबारीले जानकारी दिएका छन । प्रहरी नेतृत्वले गरेको रिपोर्टिङ उल्लेख गर्दै गृहमन्त्री श्रेष्ठको सचिवालयका एक सदस्यले जानकारी दिएका छन ।

खनालको ६० केजी सुन तस्करीका नाइके चिनियाँ मुलुका बेल्जियन नागरिक दावा छिरिङसँग सम्बन्ध देखिएको सीआईबी श्रोतले जानकारी दिएको छ ।

खनाललाई एमालेले गत मंसिर ४ मंसिरमा भएको प्रतिनिधि सभा सदस्यको निर्वाचनमा काठमाडौ क्षेत्र न –६ र १० वैशाखमा भएको उपनिर्वाचनमा तनहुँ–१ बाट उम्मेदवार बनाएको थियो ।

काठमाडौ–६ मा रास्वपाका शिशिर खनाल र तनहुँ–१ मा रास्वपाकै डा स्वर्णिम वाग्लेसँग पराजित भएका थिए । खनाल भागेको भन्ने सूचनालाई प्रहरीको सीआईबीले केही दिनअघि सुन तस्करी प्रकरणमा अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) को सहयोग बागेबाट पनि पुष्टि हुन्छ ।

प्रहरीले केही दिनअघि पत्राचार गरी सुन तस्करीमा संलग्नहरुलाई पक्राउको लागि सहयोग मागेको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पनि तस्करीमा खनाल संलग्न रहेको संकेत गरेका थिए ।

प्रतिनिधिसभा बैठकमा गत बिहीबार विषेय समयमा बोल्दै उनले तस्करीमा केही पूर्वप्रहरी महानिरीक्षक पनि संलग्न रहेको सूचना आफूसँग भएको जानकारी गराएका थिए ।