काठमाडौँ, १२ भदौ– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सता गठबन्धन तोड्न धेरै षड्यंन्त्र भईरहेको बताएका छन ।
उनले सरकारविरुद्ध जति षड्यन्त्र गर्छन्, त्यति उनीहरु जनताको नजरमा गिर्दै जाने पनि दाबी गरेका छन । आज (मंगलबार( नेकपा (माओवादी केन्द्र)को उपत्यका विशेष प्रदेश समितिले राखेको प्रशिक्षण कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन ।
उनले भने, ‘यो गठबन्धन तोड्ने धेरै कसरत छन्, तर कसेको केही लाग्ने मैले देखेको छैन ।’ उनले ठूलो दुर्घटना भएन भने यो गठबन्धन ५ वर्ष जाने बताएका छन ।
उनले अघि भने, ‘गठबन्धन तोड्न जति बल गर्छन्, त्यति नै जनताको नजरमा गिर्दै जाने छन् ।’ प्रधानमन्त्री प्रचण्डले नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास र सुन तस्करी सञ्जाल तोड्न गरिएको प्रयास समाजवाद र समृद्धिको आधार तयार पार्ने अभियान रहेको बताएका छन ।
उनले भने, ‘यो यत्तिमा सिमित हुने वाला छैन, अगाडि बढ्दै जान्छ ।’मुर्झाएको जस्तो माओवादीको अवस्था बदल्न हिंसा बिनाको नयाँ जनयुद्ध सुरु गरेको र सरकारको कामकारबाहीले जनतामा भरोसा सञ्चार हुँदै गएको बताएका छन ।
उनले सरकारविरुद्ध जति षड्यन्त्र ग¥यो, त्यति उनीहरु नै जनताको नजरमा गिर्दै जाने पनि बताएका छन । उनले आफ्नो नेतृत्वको सरकारले अर्थतन्त्रमा सुधारको धेरै प्रयास गरेको भएपनि अर्थतन्त्र चलायमान भइनसकेको र सरकारको नीतिप्रति व्यवसायीहरु ढुक्क भइनसकेको बताएका छन ।
