काठमाडौँ, ११ भदौ– नेकपा एमालेका युवा नेता रामप्रसाद रिजालले धरान उप–महानगरपालिका प्रमुख हर्क साम्पाङका कारण धरानमा जातिय युद्ध हुन खोजेको बताएका छन ।
उनले मेयर साम्पाङले सामाजिक सञ्जाल फेसबुक लाईवमा आएर बाहुन क्षेत्रीको थर खोतल्दै गाली गर्ने गरेको पनि बताएका छन ।
उनले मेयर साम्पाङ एउटा मात्रै जाति र धर्मको मेयर नभएको र सबै जातिको मेयर भएकाले सबै जातिको हित हुने निर्णय गर्न आग्रह गरेका छन ।
साथै उनले हर्क साम्पाङ मेयर हुने हैसियतको मान्छे नभएको र पाउनु पर्ने भन्दा ठुलो पद प्रप्त गरेको बताएका छन । उनले आयो खबर सँग कुरा गर्दै भने, उहाँ मेयर हुने हैसियतको मान्छे होइन भन्ने कुरा अहिले नेपाली जनता र धरान बासीले बुझिसकेको अवस्था छ । ’
उनले थपे, ‘उहाँको त एक किसिमले मानसिक बिचलन भएको अवस्था छ ।’ उनले पछिल्लो समय सामाजिक सञ्जालमा मेयरको गतिविधि हर्दा आफुले मानसिक अवस्था ठिक नरहेको बुझ्को पनि बताएका छन ।
उनले एक पटक मेयर साम्पाङलाई मनोचिकित्सक लाई देखाउन पनि आग्रह गरेका छन । उनले भने, ‘ उहाँलाई मानसिक समस्या भएको पनि मैले बुझेकु छु, १०० प्रतिसत उहाँ मानसिक रुपमा स्वस्थ हुनुहुदैन । ’
साथै उनले नेपाल बहुजाति बहुभाषी मुलुक भएको र यो सबैको साजा फुलबारी भएको बताएका छन । यस्तै उनले केहि समय अधि धरानमा गाई काटेर खाएको बिषयको पनि कडा आलोचना गरेका छन ।
उनले खुलेहाम सामाजि सञ्जालमा गाई काटेर खाएको भिडियो सार्वजानिक गर्नु , गाईको मासु मिठो रहेछ भन्नु र अब गोरु काटेर खान्छु भन्नु अत्यन्तै चिन्ताको विषय भएको बताएका छन ।
उनले गाईलाई हिन्दु धर्मले पुजा गरेको र गाईलाई माता मनेकाले यस्तो नर्गन पनि आग्रह गरेका छन । यो किसिमको गतिविधि धरानमा मेयर हर्क साम्पाङका कारण भएको पनि बताएका छन ।
साथै उनले भनेका छन, ‘यो किसिमको गतिविधि हरु र्हक साम्पाङ मात्र होईन आङकाजि शोर्पा लगाएतले अब हामि धरानमा गाई काट्छै सबै आउनु साकेलो खल्दै ।’
भन्ने बिषय अत्यन्तै चिन्ता र चुनैतिको बिषय भएको पनि बताएका छन । नेपालको संविधानमा पनि गाईलाई राष्ट्रि जनावर मानिएको र गाईको हत्या गरेमा तिन बर्ष सम्मको जेल सजाको व्यवस्था रहेको पनि बताएका छन ।
उनले सबै जातिले सबै धर्मको सम्मान गर्नु पर्ने पनि बताएका छन । उनले मेयर साम्पाङले संविधान र कानुन मिचेको पनि बताएका छन ।
उनले मेयर साम्पाङले धरानमा जातिय द्धन्द्ध बडाउने उदेश्य लिएको पनि बताएका छन । उनले धरानको कारण देश भर यसको प्रभाव पर्ने पनि बताएका छन ।
उनले मेयर जातजाति भडकाउने र जातजातिबीच द्धन्द्ध गराउने उदेश्य लिएको पनि बताएका छन ।
