काठमाडौ, ११ भदौ– नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई देश निकाला गर्नुपर्ने बताएका छन ।
उनले एमसीसी कार्यान्वयनविरूद्ध विप्लव नेतृत्वको नेकपाले सोमबार राजधानीमा गरेको अन्तक्रिया कार्यक्रममा बोल्दै प्रचण्डलाई देश निकाला गर्नुपर्ने बताएका छन ।
उनले भने, ‘एमसीसी पास गर्ने पुष्पकमल दाहाल राष्ट्रघाती हुन् । उननलाई देश निकाल नगरेसम्म एमसीसी खारेज गर्न सकिँदैन’, झलनाथतिर देखाउँदै उनले प्रश्न गरे, ‘तपाईंहरूकै अध्यक्ष हो क्यारे ।
पुष्पकमल दाहालाई राष्ट्रघाती भन्ने आँट छ ? उनको विरूद्ध आन्दोलन गर्ने आँट छ ? सबै मिलेर अब पुष्पकमललाई देश निकाला गर्नुपर्छ ।’ उनले सबै जनता मिलेमा मात्र एमसीसी खारेज गर्न सकिने बताएका छन ।
