काठमाडौ, ११ भदौ– प्रतिनिधिसभा अन्तर्गतको उद्योग वाणिज्य तथा उपभोक्ता समितिको सभापतिमा जनमत पार्टीका सांसद अब्दुल खान निर्विरोध निर्वाचित भएका छन ।
आज सोमबार भएको समितिको सभापतिको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले उम्मेदवारी फिर्ता लिएपछि खान सर्वसम्मत निर्वाचित भएका थिए ।
आइतबार संसद्को १० वटा संसदीय समितिहरुको सभापतिको लागि मनोनयन दर्ता भएको थियो । जसमा अन्य ९ वटा समितिको सभापतिमा एकल उम्मेदवारी परेको थियो ।
जसमा उद्योग समितिमा भने दुई जनाको उम्मेदवारी परेपछि सोमबार निर्वाचन हुने अपेक्षा गरिएको थियो । तर रास्वपाका पराजुलीले उम्मेदवारी फिर्ता लिएसँगै खान पनि निर्विरोध भएका हुन ।
