क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा. पौडेल नियुक्त

११ भाद्र २०८०, सोमबार १३:२१

चितवन, ११ भदै– भरतपुरस्थिति बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको कार्यकारी निर्देशक पदमा डा. शिवजी पौडेल नियुक्त भएका छन् । अस्पताल सञ्चालक समितिले गठन गरेको उपसमितले डा. पौडेलसहित डा. कृष्णसागर शर्मा र डा. प्रदीप न्यौपानेको नाम सिफारिस गरेको थियो ।

उनीहरुमध्ये अस्पताल सञ्चालक समितिले डा. पौडेलको नाममा सर्वसम्मत निर्णय गरेको सञ्चालक समिति सदस्य डा. अनिलविक्रम कार्कीले जानकारी दिए । उनका अनुसार आइतबार साँझ उपसमितिले सिफारिस गरेका मध्येबाट डा. पौडेललाई आज बिहान सञ्चालक समितिले कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।