पाकिस्तान उड्नुअघि: सन्दीप एसिया कप खेल्न तयार छु

११ भाद्र २०८०, सोमबार १२:३२


काठमाडौ, ११ भदौ– एसिया कप खेल्न क्रिकेटर सन्दीप लामिछाने पाकिस्तान प्रस्थान गरेका छन । लामिछानेलाई विदा गर्न राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ आफैं विमानस्थल गएका थिए ।

सन्दीप गएसँगै नेपाली टिम पूर्ण हुने उनले बताएका छन । पाकिस्तान जान अघि उनले सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै एसिया कप खेलका लागि आफू फिट रहेको बताएका छन ।

उनले भने, ‘ जीवनको कठिन समय भएपनि आफूले सकेको अभ्यास गरेको भन्दै ‘खेल्नका लागि म तयार छु । आशा छ, एसिया कममा राम्रो गर्ने छौं ।’

उनले टिमसँग घुलमिल हुन समय नलाग्ने भन्दै एसिया कपमा राम्रो गर्ने बताएका छन । एसिया कपमा नेपालले पाकिस्तान र भारतसँग खेल्नेछ ।

सन्दीपले भने, ‘त्यो खेलमा हार जित भन्दा पनि हामीले उहाँहरुबाट सिक्नसक्ने कुरा महत्वपूर्ण हुनेछ । हामीलाई जति आउँछ, त्यो दिल खोलेर खेल्ने छौं ।’

यो खुसीको एउटा पर्व जस्तै हो किनभने हामीले सधैं यस्तो टिमहरुसँग खेल्न पाउँदैनौं’ आगामी दिनमा पनि यस्ता टिमसँग कसरी निरन्तर खेल्ने वातावरण बनाउने भन्नेतर्फ सोच्नुपर्नेमा जोड दिए ।