सन्दीप लामिछाने एसिया कप क्रिकेट प्रतियोगिताका लागि भोलि पाकिस्तान जाँदै

१० भाद्र २०८०, आईतवार १७:०७

काठमाडौँ, १० भदौ– क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि भोलि पाकिस्तान जाने भएका छन । आज आइतबार अदालतमा सुनवाइ स्थगित भएसँगै उनको पाकिस्तान यात्रा तय भएको हो ।

अदालतले अर्को पेशी २१ भदौमा तोकेको छ । एसिया कप १३ भदौबाट सुरु हुँदैछ । नेपालको पहिलो खेल १३ गते पाकिस्तानसँग र दोस्रो खेल भारतविरुद्ध १८ गते खेल्ने छ ।

अर्को पेशीमा उपस्थित हुनुपूर्व सन्दीपले यी दुई म्याच खेल्न भ्याउने भएका छन । यदि नेपालले अर्को चरणमा पुग्ने सम्भावना भयो भने सन्दीप फेरि नेपाल आएर पाकिस्तान फर्किनुपर्ने भएको छ ।

उनी मुद्दाको दवावका कारण एसिया कप नखेल्ने मनस्थिति बनाएपनि समर्थकको चाहना र आग्रहमा जान लागेका हुन ।