काठमाडौँ, १० भदौ– एमालेले दुई वटा संसदीय समितिका सभापतिमा उम्मेदवारी दर्ता गराएको छ । एमाले बाट सार्वजनिक लेखा समितिको सभापतिमा ऋषिकेश पोखरेल र महिला तथा सामाजिक मामिला समिति सभापतिमा किरण शाहले उम्मेदवारी दर्ता गराएका एमाले सचेतक महेश बर्तौलाले जानकारी दिएका छन ।
पोखरेलको प्रस्तावकमा राजेन्द्र केसी र समर्थकमा दामोदर भण्डारी तथा शाहको प्रस्तावकमा शान्ति विक र समर्थकमा आश्माकुमारी चौधरी रहेको उनले बताएका छन ।
प्रतिनिधिसभाअन्तर्गत् १० वटा विषयगत समितिको सभापति पदका लागि भोलि हुने निर्वाचनका लागि आज बिहान ११ देखि अपरान्ह ४ बजेसम्मका लागि उम्मेदवारी मनोनयन दर्ता गराउने समय रहेको छ ।
