काठमाडौँ, ८ भदौ– धरानका सवै राजनीतिक दलहरुले संभावित दुर्घटनालाई लिएर सद्भावको अपिल गरेका छन् । दलहरुले सम्भावित दुघर्टना रोक्नले भोलि शनिबार धरानमा तय गरिएका सबै कार्यक्रम स्थगित गर्न संयुक्त वक्तव्य जारी आग्रह गरेका छन ।
वक्तव्यमा भनिएको छ, ‘ परिस्थितिको गाम्भिर्यतालाई मनन गर्दै सामाजिक सञ्जाललगायतबाट सामाजिक सदभाव खलबलिने सामग्रीहरु पोष्ट, शेयर तथा कमेन्ट नगरिदिन सबैमा अपिल गर्दर्छौ’ अतः भोलि भाद्र ९ गते सम्बन्धित पक्षहरुबाट धरानमा आयोजना गर्न लागिएका पुर्वनिर्धारित कार्यक्रमहरु स्थगित गरी बातावरण सहज बनाउन भुमिका निर्वाह गरिदिन हुन हार्दिक अनुरोध छ ।’
धरानका सबै राजनिति दलहरुले सामाजिक द्वोष तथा आस्था भावनामा ठेस पुर्यावउने गतिविधि नगरिदिन आग्रह गरेका छन ।
धरानमा देखा परेको धार्मिक तथा सांस्कृतिक विवाद वार्ताको माध्यमबाट हल गर्न पहलकदमी लिने दलहरुले प्रतिबद्धता व्यक्त गरेका छन ।
धार्मिक द्वन्द्वको खतरा बढेर गएपछि स्थानीय प्रशासनले धरानमा निषेधाज्ञा जारी गरेको छ भने जनप्रतिनिधिहरुले संयमता अपनाउन सर्वसाधरणमा आग्रह गरेका छन ।
