निन्दाको राजनीति ओलीले सुरु गरेका हुन्: घनश्याम भुसाल

८ भाद्र २०८०, शुक्रबार १९:१९

काठमाडौँ, ८ भदौ– नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले निन्दा भत्र्सना र गालीगलौजको राजनीति केपी शर्मा ओलीले सुरु गरेको आरोप लगाएका छन ।

आज शुक्रबार पार्टी सम्वद्ध विद्यार्थी संगठनको स्थायी कमिटी बैठकलाई सम्बोधन गर्दै महासचिव भुसालले यस्तो आरोप लगाएका हुन । उनले प्रधानमन्त्री मुलुकको सबभन्दा ठूलो गुरु भएको पनि बताएका छन ।

उनले प्रधानमन्त्रीले राम्रो वा नराम्रो जे पढाए पनि करोडौंले एकै पटकमा सिक्ने भन्दै भुसालले भने, ‘आज नेपाली राजनीति, सामाजिक मिडियामा निन्दा भत्र्सना, गालीगलौजको डरलाग्दो बाढी आएको छ, यो विकृतिको करण ओलीजी हो ।’

उनले ओलीको व्यक्तिवादी लोक रिझ्याईको राजनीति ठक्कर खाएपछि नयाँ पपुलिस्टहरु आएको पनि बताएका छन । उनले नयाँ राजनीतिक दलहरुतर्फ संकेत गर्दै उनले भने, ‘तिनीहरुले राजनीतिलाई असाध्यै सस्तो ठानेका छन् ।

तिनका कुरा सुन्नुस्, भाषा सुन्नस्, राजनीति केही होइन, चुट्कीका भरमा गर्ने हो भनेर सोच्दैछन् ।’ उनले एमालेले हस्तक्षेप नगर्ने दाबी गरेका छन ।

उनले ओलीकै कारण एमाले झन संकटग्रस्त बस्ने भन्दै गएको पनि बताएका छन । उनले भने, ‘जति संकटग्रस्त बन्छ, अझबढी ओली भक्ति चाहन्छ ।

जति बढी भक्ति हुन्छ, त्यति बढी संकट आउँछ । जति बढी संकट आउँछ, त्यति नै बलियो, ओलीप्रति समर्थण, पूजाले मात्र पूरा गर्छ ।’

‘संकटमा पर्ने, अझबढी ओलीवादी हुने, संकटमा पर्ने, अझ बढी ओलीवादी हुने एमालको प्रवृत्ति हो । यसबाट एमाले १÷२÷३ निस्कन सक्दैन’, ।

उनले संविधानलाई कार्यान्वयन गरेर मुलकलाई निकास दिन कांग्रेसको सिद्धान्तले नदिने पनि बताएका छन । उनले भने, ‘यो बेलामा हाम्रो भूराजनीतिका कारणले हाम्रो समाजको विविधताभित्र खेलेर हामीलाई भाँड्ने, भड्काउने, आपसमा जुधाउने शक्तिहरु विस्तारै सक्रिय हुँदैछन् ।’

उनले सामाजिक सञ्जाल हेर्ने हो भने कताकता धार्मिक वा जातीय विद्वेषका रुपमा देखिन थालेको पनि बताएका छन । नेपालको विविधता असाध्यै सुन्दर भए पनि गरिबीलाई हस्ताक्षेप गर्न नसक्ने हो भने संकट आउन सक्ने भुसालले बताए ।

‘कंगालीको विविधताले डरलाग्दो परिणाम ल्याउनसक्छ । यो गोदामको बारुद जस्तो हुनसक्छ । कुनै पनि बेला राष्ट्रिय जीवन भताभुङ्ग हुने दिशामा जान सक्छ’, उनले भने ।