गोरु खानेलाई कारबाही गर्न साधु सन्तको माग, बेवास्ता गरे आन्दोलन गर्ने चेतावनी

८ भाद्र २०८०, शुक्रबार १४:४७

काठमाडौँ, ८ भदौ– जनकपुरका साधु सन्तले गोरु खानेलाई कारबाही गर्न सरकारसँग अनुरोध गरेका छन । उनले अस्ति बुधबार तुल्सी जन्मोत्सवमा आयोजित कार्यक्रमपछि एक पत्रकार सम्मेलन आयोजना गरी साधु सन्तहरुले सो माग राखेका हुन । उनीहरुले गाई–गोरुको हत्या गर्नेलाई कारबाही नगरे आन्दोलन गर्ने पनि बताएका छन ।

केही दिनअघि कोशी प्रदेशस्थित धरानमा केही व्यक्तिहरुले गाईरगोरु काटेर सामूहिक भोजको आयोजना गरेको घटना बाहिरिएको थियो ।

जानकी मन्दिरका उतराधिकारी महन्थ रामरोशन दास वैष्णवले गाईरगोरु काटेर मासु खानेलाई सरकारले कानुन बमोजिम कडा कारबाही गर्नुपर्ने बताएका छन । उनले कारबाही नगरे साधु सन्तहरु चुप नबस्ने भन्दै आन्दोलन गर्ने पनि बताएका छन ।