भरतपुर अस्पतालमा १०५ वर्षीया वृद्धाको जोर्नी प्रत्यारोपण

८ भाद्र २०८०, शुक्रबार १४:०१

काठमाडौँ, ८ भदौ– भरतपुर अस्पतालमा १०५ वर्षीया वृद्धा जोर्नी प्रत्यारोपण गरिएको छ । गोरखाकी वृद्धा गङ्गा गुरुङको शल्यक्रिया गरी जोर्नी प्रत्यारोपण गरिएको अस्पताले जानकारी दिएको छ ।

भदौ ३ गते अस्पताल भर्ना भएकी उनको भदौ ५ गते जोर्नी प्रत्यारोपण गरिएको अस्पतालका जोर्नी प्रत्यारोपण विशेषज्ञ डा. मनोज कँडेलले जानकारी दिएका छन । हाल गुरुङको स्वास्थ्य अवस्था सामान्य रहेको उनले जानकारी दिएका छन ।

एनेस्थेसिया (शल्यक्रिया गर्दा बेहोस बनाउने काम) र शल्यक्रियाका हिसाबले चुनौतीपूर्ण रहे पनि सफलतापूर्ण शल्यक्रिया गरिएको डा कँडेलले बताए।

उनका हनुसार बिरामीको हिपको गेडी परिवर्तन गरिएको छ। गुरुङलाई अस्पतालको हाडजोर्नी विभागमा चिकित्सकको प्रत्यक्ष निगरानीमा राखी उपचार भइरहेको डा. कँडेलले जानकारी दिए। 

हिपको हड्डी भाँचिएर अस्पताल आएकी गुरुङको सफल शल्यक्रिया गरिएको अस्पताले जानकारी दिएको छ । सबैभन्दा धेरै उमेरमा सफल शल्यक्रिया गरिएको अस्पतालको यो पहिलो घटना भएको अस्पताल प्रशाशनले जानकारी दिएको छ ।