जनार्दन शर्माको फेसबुक पेज ह्याक

८ भाद्र २०८०, शुक्रबार १३:४७

काठमाडौँ, ८ भदौ– नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माको सामाजिक सञ्जाल फेसबुक पेज ह्याक भएको छ ।

शर्माको ‘जनार्दन शर्मा प्रभाकर’ नामको फेसबुक पेज ह्याक भएको उनले जानकारी गराएका छन । शर्माले आफ्नो उक्त पेज केही दिनदेखि ह्याक भएको र हाल आएर ह्याकरद्वारा असान्दर्भिक पोस्टहरु हुन थालेको जानकारी गराएका छन ।

यसमा सचत हुन सम्पूर्णमा अनुरोध गर्दै शर्माले पेजलाई आफ्नो स्वामित्वमा ल्याउन प्राविधिक टोली प्रयासरत रहेको पनि बताएका छन ।