सुन तस्करीमा दावा छिरिङसँग जोडिएर सार्वजनिक रुपमा प्रश्न उठेपछि अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारी मन्त्रालय तानिए

७ भाद्र २०८०, बिहीबार १५:३१


काठमाडौ, ७ भदौ– अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीलाई गृह मन्त्रालयले मन्त्रालयमा तानेको छ ।

सुन तस्करीमा संलग्न भनिएका चिनियाँ नागरिक दावा छिरिङसँग जोडिएर सार्वजनिक रुपमा प्रश्न उठेपछि अधिकारीलाई मन्त्रालयमा तानिएको गृहमन्त्री नारायणकाजी श्रेष्ठका स्वकीय सचिव विजय गौतमले जानकारी दिएका छन ।

अधिकारी र दावाबीच चिनियाँ सामाजिक सन्जाल वी–च्याटमा कुराकानी भएको सार्वजनिक भएको थियो । दावा भने नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको हिरासतमा रहेका छन ।