रौतहटको चिनी मिल सञ्चालन गर्न सांसद तिमिल्सिनाको माग

७ भाद्र २०८०, बिहीबार १४:२१

काठमाडौँ, ७ भदौ– सांसद देवप्रसाद तिमिल्सिनाले रौतहटको श्रीराम चिनी मिल सञ्चालन गर्न सरकारसँग माग गरेका छन् । बिहिबार बसेको प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै सांसद तिमिल्सिनाले २०५१ सालदेखि सञ्चालनमा भईरहेकोमा हाल २ बर्षदेखि बन्द रहेको बताए ।

उनले किसानहरु आन्दोलनमा रहेको बताउँदै चिनी मिल सञ्चालनका लागि किसानले जग्गा समेत दिएको भन्दै सो चिनी मिल सञ्चालन गर्न सरकारसँग माग राखेका छन् ।