तीन रुटबाट यसरी पास हुन्थ्यो गोरेको सुन, ३३ किलो हैन, ३७ क्विन्टल भित्र्याएको तथ्य

७ भाद्र २०८०, बिहीबार १४:१८

काठमाडौ, ७ भदौ– उर्लाबारीबाट ०७४ साल चैत पहिलो साता एक टोली काठमाडौ आएको थियो । जो पीडित छ, उसैलाई प्रहरीले ज्यान मुद्दा लगाएको भनी टोलीले तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’समक्ष अर्जी गर्योक ।

कुरा सुनेपछि गृहमन्त्री थापाले उनीहरूलाई तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीकोमा लिएर गएका थिए । टोलीको गुनासोबारे ओलीलाई ब्रिफिङ पनि गरेका थिए ।

टोलीले सनम शाक्यको हत्या गर्ने व्यक्ति गोरे (चुडामणि उप्रेती) भए पनि गोरेबाटै पीडित भएका नरेन्द्र श्रेष्ठ र अर्का एकजनालाई पनि आरोपित गरी हिरासतमा राखिएको गुनासो गरेको थियो ।

गृहमन्त्री हुँदै प्रधानमन्त्रीसम्म पुगेको यो विषयबारे तत्कालै प्रहरी प्रमुखलाई खबर भयो । ‘सनम शाक्य हत्या सुनकाण्डसँग जोडिएको रहेछ । यो गम्भीर विषय हो ।

अनुसन्धान अघि बढाउनुस्’, गृहमन्त्री थापाले आईजीपी प्रकाश अर्याललाई भनेका थिए । घटना सम्बन्धमा विस्तृत छानबिन गर्न तत्कालीन डीआईजी पुष्कल रेग्मी, वसन्त लामा र डीएसपी सुदीप पाठकको टोली मोरङ पुग्एको थियो ।

सनम शाक्य हत्याबारे प्रारम्भिक छानबिन गरेको अपराध महाशाखाका प्रमुख तत्कालीन एसएसपी दिवस लोहनी विदेशमा रहेका थिए ।

विराटनगर गरिएको छानबिनका क्रममा सनम शाक्यको हत्या दुबईबाट ल्याएको ३३ केजी सुनसँग जोडिएको फेला पर्योए ।

सनम, तत्कालीन अवस्थामा हिरासतमा रहेका नरेन्द्र र एक अर्का व्यक्तिलाई यातना दिने क्रममा गोरेबाट सनमको हत्या भएको तथ्य फेला परेको छानबिनमा संलग्न प्रहरीका एक उच्च अधिकारीले जानकारी दिएका छन ।

प्रहरीको छानबिन टोलीले सनमको हत्या गोरेले गरेको र गोरे सुन तस्करीको मुख्य योजनाकार भएको रिपोर्ट आईजीपीलाई गर्योय । आईजीपीले सो टोलीलाई सुन तस्करी कसरी भएको छ भनेर ‘प्रिजेन्टेसन’ तयार गर्न लगाए ।

त्यो ‘प्रिजेन्टेसन’ लिएर छानबिनमा संलग्न प्रहरीका उच्च अधिकृतहरूसहितको टोली आईजीपी, गृहमन्त्री र प्रधानमन्त्रीलाई भेट्न गयका थिए ।

सुन कसरी तस्करी भइरहेको छ भनेर ‘प्रिजेन्टेसन’ पेश भएपछि यसलाई टुंगो लगाउनुपर्छ भनेर प्रधानमन्त्री ओली उत्साहित भएका थिए । सनम हत्याकाण्डमा प्रतिवादी रहेका दुईजनाको बयानबाट अपराध महाशाखा पनि ‘कैफियत’मा पर्योह ।

सुनसँग जोडिएको केसमा मुख्य अभियुक्त गोरेलाई किन प्रतिवादी बनाइएन भन्ने प्रश्नसँगै विशेष समिति बनाउन प्रधानमन्त्री ओली तयार भए ।