विद्यार्थीले उमेर, नाम र जात सच्याउन पाउने

७ भाद्र २०८०, बिहीबार १३:४०

काठमाडौ, ७ भदौ– जन्मदर्ता, शैक्षिक प्रमाणपत्र तथा नागरिकतामा उमेर, नाम, थरलगायत विवरण फरक परेर समस्यामा परेका विद्यार्थीका लागि अब सहज हुने भएको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले नियमावली संशोधन गरी फरक विवरण सच्याउन पाउने व्यवस्था गरेको हो मन्त्रिपरिषद् बैठकले उमेर, नाम र जात सच्याउने तेस्रो संशोधन नियम, २०८० संशोधन गरेको हो ।

संशोधनअनुसार अब यसअघिका जुनसुकै समयका प्रमाणपत्र पनि सच्याउन सकिनेछ । यसअघि प्रमाणपत्र पाएका मितिले ६ महिनाभित्र सच्याउनका लागि दरखास्त दिनुपर्ने प्रावधान रहेको थियो ।

यसलाई पाँच वर्ष बनाइएको छ । तर, पाँच वर्ष नाघेकाको हकमा पनि यो नियम लागू भएको एक वर्षभित्र दरखास्त दिए सच्याउन सकिने निर्णय गरेको छ  ।