तनहुँ, ७ भदौ– पहिरोले अवरुद्ध बनाएको पृथ्वी राजमार्ग सञ्चालनमा आएको छ । बिहीबार बिहानदेखि पहिरोका कारण अवरुद्ध बनेको सडक केहीवेर अँघिबाट सञ्चालनमा आएको हो ।
जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार म्याग्दे गाउँपालिका वडा नम्बर ६ मौरी बजार स्थित पृथ्वी राजमार्ग सडक खण्डमा अबिरल बर्षाको कारण सडक माथिबाट पहिरो खस्दा दुई तर्फी बाटो अवरुद्ध भएको थियो ।
जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी मोहन बहादुर खाँणका अनुसार स्थानिय पालिका, बिपत् व्यवस्थापन प्रहरी टोली तथा स्थानीयहरुको निरन्तर २ घण्टा ३० मिनेटको सक्रियतामा राजमार्ग सडक पूर्ण रुपमा सञ्चालनमा आएको हो ।
