काठमाडौँ, ६ भदौ– नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले सुन प्रकरणमा छानबिनको लागि बनाउने भनिएको आयोगको प्रतिवेदन प्रतिवदेनमै मात्रै सीमित हुने बताएका छन ।
आज (बुधबार) बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन । उनले यसअघिको घटनालाई स्मरण गर्दै प्रतिवेदनलाई प्रतिवेदनमा मात्रै सीमित नगराउन आग्रह गरेका छन ।
उनले भने, ‘अहिले छानबिन गरिरहेका निकाय कुनै दल विशेषका होइनन् । हामी सबैले बनाएका निकाय हुन् । तीनको हामीले मनोबल गिर्ने काम नगरौं ।
देशमा सुशासन दिलाउन प्रतिबद्ध भएर अघि बढ्नु आजको आवश्यकता हो ।’ उनले शीर्ष नेताहरुबीचको बैठकलाई लिएर चर्चामा रहेका अनुसन्धान हराउने हो कि भन्ने आम चिन्ता रहेको बताएका छन ।
