बानेश्वरमा आतंक मच्चाउने भैंसीको साहु खोज्दै प्रहरी

६ भाद्र २०८०, बुधबार १५:०५


काठमाडौँ, ६ भदौ– प्रहरीले नयाँबानेश्वर र बुद्धनगरमा बुधबार बिहान आतंक मच्चाउने भैंसी साहुको खोजी सुरु गरेको छ ।

भैंसी कसको हो र कसरी त्यहाँ आइपुग्यो भन्नेबारे अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी कुमोध ढुंगेलले जानकारी दिएका छन ।

भैंसीको एउटा सिङ भाँचिएको छ भने घाउबाट रगत बगिरहेको उनले बताएका छन । कसैले मासुका लागि काट्न खोजेपछि भैंसी फुत्किएर भागेको हुनसक्ने प्रारम्भिक अनुमान प्रहरीको जानकारी दिएको छ ।

आज बुधबार बिहान ६ बजेदेखि ११ बजेसम्म समयमा बुद्धनगर, बानेश्वर र शंखमुल क्षेत्रमा भैंसीले आतंक मच्चाएको थियो ।