सिंहदरबार बैठक: ओली गए, रवि गएनन्

६ भाद्र २०८०, बुधबार १२:३७


काठमाडौ, ६ भदौ– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको राष्ट्रिय मान्यता प्राप्त दलहरूको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अनुपस्थित भएका छन ।

हिजो मंगलबार एमाले अध्यक्ष केपी शर्मा ओलीको नगएपछि स्थगित भएर आज राखिएको बैठकमा सभापति लामिछाने अनुपस्थित भएका हुन ।

उनले पार्टी उपसभापति डिपी आर्यल र प्रमुख सचेतक सन्तोष परियारलाई पठाएका छन्। ओली ओली नआएर बैठक स्थगित भएपछि उनले शीर्ष नेताहरूको बैठकको साक्षी बस्नु भनेकै बदनाम हुनु मात्रै भएको बताएका थिए ।

बैठकमा प्रधानमन्त्री प्रचण्डसहित माओवादीबाट उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, प्रमुख समेत हितराज पाण्डे, कांग्रेसबाट सभापति शेरबहादुर देउवा, उपप्रधान एवं रक्षा मन्त्री पूर्णबहादुर खड्का, प्रमुख सचेतक रमेश लेखक, एमालेबाट ओलीसहित उपाध्यक्ष सुवास नेम्वाङ, प्रमुख सचेतक पदम गिरी र जसपाबाट प्रदीप यादव सहभागी रहेका छन ।