काठमाडौ, ६ भदौ– पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरीमा गुडिरेहको बस त्रिशूली नदीमा खसको छ । धादिङको गजुरी गाउँपालिका–२, चालिसे छहराबाट बुधबार बिहान यात्रुबस त्रिशुलीमा खसेको प्रहरीले जानकारी दिएको छ ।
बस बिहान १० बजेर ४० मिनेटमा त्रिशूलीमा खसेको धादिङ प्रहरी प्रमुख एसपी गौतम मिश्रले जानकारी दिएका छन । मिश्रले आफू घटनाबारे जानकारी पाएलगत्तै त्यसतर्फ हिंडेको र थप विवरण आउन बाँकी रहेको जानकारी दिएका छन ।
बसमा कति यात्रु थिए भन्ने यकिन जानकारी प्राप्त हुन सकेको छैन । मिश्रले घटनास्थलमा प्रहरी र स्थानीयले उद्धार जारी राखेको जानकारी दिएका छन ।
लगातारको वर्षातका कारण त्रिशुलीमा बाढी आएकाले उद्धारकार्य प्रभावित भएको छ । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ ।
