प्रधानन्यायाधीश श्रेष्ठले लिए पद तथा गोपनीयताको शपथ

५ भाद्र २०८०, मंगलवार १७:१२

काठमाण्डौ, ५ भदौ– नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिएका छन ।

आज (मंगलबार) शीतलनिवासमा आयोजित समारोहमा नवनियुक्त प्रधानन्यायाधीश श्रेष्ठलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ खुवाएका हुन ।

समारोहमा उपराष्ट्रपति, रामसहाय प्रसाद यादव, नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना, मन्त्रीहरु लगायत उच्चपदस्थ कर्मचारीहरु सहभागी रहेका छन । श्रेष्ठलाई राष्ट्रपति पौडेलले सोमबार नियुक्त गरेका थिए ।