काठमाण्डौ, ५ भदौ– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओली स्वास्थ्यका कारण उपस्थित नभएकाले मंगलबार तय भएको शीर्ष नेताको बैठक सरेको जानकारी दिएका छन ।
आज (मंगलबार) सिंहदरबारबाट बाहिरिने क्रममा संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री प्रचण्डले सहमति जुट्न नसकेको भन्ने भनाइ सत्य नभएको बताएका छन ।
उनले भने, ‘सहमति नभएको भन्दा पनि आजपनि केपीजीको स्वास्थ्य स्थिति राम्रो भएन भनेर उहाँ आउनुभएन । त्यसकारण बैठक भोलिलाई सर्यो ’ ।
एमालेको माग अनुसार तस्करीको सुन छानबिन गर्न उच्चस्तरीय आयोग गठनका लागि कार्यदलले तयार पारेको कार्ययोजनामा शीर्ष नेताले हस्ताक्षर गर्न बैठक बोलाइएको थियो ।
तर समयअभावका कारण बैठकका लागि नेताहरु सिंहदरबार पुगेपनि एजेण्डामै प्रवेश नगरी बैठक स्थगित हुन पुगेको थियो ।
