काठमाडौँ, ५ भदै– नेपाली कांग्रेसले बिपी साहित्य भव्यरुपमा मनाउने तयारी गरेको छ । मंगलबार पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकमा बिपी साहित्य महोत्सव गर्ने निर्णय गरेको हो ।
कांग्रेसले बिपी कोइरालाको जन्म जयन्तीका अवसरमा भदौ २४ देखि २६ गतेसम्म काठमाडौँमा बिपी साहित्य महोत्सव गर्ने भएको छ । बिपी जन्म जयन्ती भदौ २४ गते रहेको छ ।
यसअघि साउन १० गतेको केन्द्रीय समिति बैठकले पनि बिपी साहित्य महोत्सव मनाउने निर्णय गरेको थियो ।
पदाधिकारी बैठकले समुदायसँग कांग्रेस अभियान स्थगित गरेर बिपी साहित्य महोत्सव कार्यक्रम तय गरेको हो ।
