कोशी प्रदेशका उपसभामुख सिर्जना दनुवार गंगालाल हृदय केन्द्रमा अस्पतालमा भर्ना

४ भाद्र २०८०, सोमबार १७:४५

काठमाडौँ, ४ भदौ– कोशी प्रदेश सभाकी उपसभामुख सिर्जना दनुवार शहीद गंगालाल हृदय केन्द्रमा भर्ना भएकी छन । मुटुसम्बन्धी रोग लागेको आशंकामा उनलाई भर्ना गरी उपचार सुरु गरिएको हो स्रोतले जानकारी दिएको छ ।

सृजना रेफरल केसका रुपमा आएपछि अस्पतालमा भर्ना गरिएको शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका निर्देशक डा. चन्द्रमणि अधिकारीले जानकारी दिएका छन ।

उनलाई भर्ना गरी विभिन्न स्वास्थ्य परीक्षणको काम भइरहेको र शंका गरिएको रोग हो कि होइन यकिन गरी रोग देखिएमा उपचार गर्ने र रोग नदेखिएमा डिस्चार्ज गर्ने निर्देशक अधिकारीले जानकारी दिएका छन ।

उपसभामुख दनुवारलाई के रोग लागेको हो वा रोग लागेको शंका गरिएको हो भन्ने सम्बन्धमा भने डा. अधिकारीले बिरामीको गोपनियताका कारण त्यस्तो भन्न नमिल्ने जानकारी दिएका छन ।

यद्यपि शंका गरेको रोग लागेको हो कि होइन भन्ने सम्बन्धमा स्वास्थ्य परीक्षण भइरहेको अधिकारीले जानकारी दिएका छन ।