भक्तपुरको बालसुधार गृहबाट २९७ जना थुनुवा फरार

४ भाद्र २०८०, सोमबार १६:२४

काठमाडौँ, ४ भदौ– भक्तपुर जिल्लाको सानो ठिमीस्थित बालसुधार गृहबाट २९७ जना थुनुवा फरार भएका छन् । उक्त स्थानबाट २९७ जना थुनुवा फरार भएका प्रहरीका उच्च स्रोतले जानकारी दिएको छ ।

उनीहरु कसरी फरार भएभन्ने यकिन हुन सकेको प्रहरीले स्रोतले जानकारी दिएको । उक्त सुधार गृहमा ‘नाबालक बन्दी’ को शङ्कास्पद मृत्यु भएको थियो ।

रामेछाप जिल्ला मन्थली नगरपालिका घर भएका १८ वर्षीय कमल बस्नेतको आइतबार बिहान मृत्यु भएको हो ।

सुधार गृहका कर्मचारीले उनलाई स्वास्थ्यमा समस्या देखिएको भन्दै नागरिक सामुदायिक अस्पताल लगे पनि अस्पताल पुग्नुअघि नै उनको मृत्यु भएको परिवारका सदस्यहरूले बताएका थिए । अदालतको आदेशले बस्नेत २०७७ सालदेखि बाल सुधार गृहमा थिए ।