काठमाण्डौ,३ भदौ– कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको धनगढी उपमहानगरपालिका– १२ सीगाउँ करेन्ट लगेर एक जनाको मृत्यु भएको प्रहरीले बताएको छ ।
मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका– १२ सीगाउँ बस्ने ४५ वर्षीय यवराज शाही रहेका छन । आफ्नै घरको शौचालयमा बिजुलीको तार जोड्ने क्रममा करेन्ट लागेर घाइते भएका शाहीको उपचारको क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
