काठमाडौँ, ३ भदै– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो राजनीति अवस्थाबारे छलफल गर्न राष्ट्रिय मान्यता प्राप्त दलहरूका शीर्ष नेताहरूलाई बैठक बोलाएका छन् ।
लामो समय संसद्मा जारी गतिरोध अन्त्य, विकसित राजनीति घटनाक्रम, सुशासनमा सरकारले गरिरहेको काम लगायत विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएको प्रेस विज्ञ मनहरि तिमिल्सिनाले बताए। उनका अनुसार बैठक साढे १२ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने भनिएको छ ।
प्रमुख प्रतिपक्षी दल एमालेले लामो समय संसद् अवरोध गर्दा महत्त्वपूर्ण बिलहरू संसद्मा अलपत्र रहेका छन् । जनताका मुद्दा ओझेलमा परेका छन् ।
प्रधानमन्त्रीले एमाले, कांग्रेस, माओवादी केन्द्र, रास्वपा, राप्रपा, जसपा र जपाका शीर्ष नेताहरूलाई बैठकमा बोलाएका हुन् ।
