काठमाडौँ, ३ भदौ– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ललिता निवास जग्गा प्रकरणमा निर्णयकर्ताको बयान अधुरो र अपूरो रहेको बताएका छन ।
उनले सीआईबीले कसैको आदेश सुन्न पनि बताएका छन । सामाजिक सञ्जाल फेसबुकमार्फत पूर्व गृहमन्त्री समेत रहेका लामिछानेले लेखेका छन्, ‘सीआईबीले गैरकानुनी आदेश नसुनोस्, नमानोस्। ललिता निवास प्रकरणका निर्णयकर्ता सबैको बयान नै बिनाको अपुरो अधुरो फाइल पेस नगरोस्। गृहमन्त्रीज्यू, केही त गडबड छ।। ठूलै गडबड छ।’
ललिता निवास प्रकरणमा निर्णयकर्ता पूर्व प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईको बयान नलिएर अदालतमा फाइल दर्ता गर्न खोजेको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको बेला उनले यस्तो बताएका हुन ।
