काठमाण्डौ, १ भदौ– नेकपा माओवादी केन्द्रले थप दुई जनालाई केन्द्रीय सदस्य बनाइको छ । पूर्ण केन्द्रीय सदस्यमा बाबुराम गौतम (ओखलढुंगा) र अशोक कुमार मण्डल ‘अमर’ (सप्तरी) लाई थप गरिएको माओवादी केन्द्रीय कार्यालय स्रोतले जानकारी दिएको छ ।
गौतमले कोशी प्रदेश सभामुखबाट राजीनामा दिएसँगै माओवादीले केन्द्रीय सदस्य बनाएको हो । यस्तै यादव उनी जनयुद्धकालीन नेता हुन् । यससँगै माओवादी केन्द्रीय सदस्य संख्या ४११ पुगेको छ ।
गत साउन १७ देखि २१ सम्म बसेको केन्द्रीय समिति बैठकमा विधान संशोधनपछि पार्टीले २४ जना केन्द्रीय सदस्य थप गरेको थियो ।
