माओवादी केन्द्र छोडेर ७० जना कार्यकताहरु एमालेमा प्रवेश

१ भाद्र २०८०, शुक्रबार ११:५०

काठमाडौं, १ भदौ– नेकपा (माओवादी केन्द्र छोडेर कार्यकताहरु एमालेमा प्रवेश गरेका छन् ।

बिहीबार (हिजो) एमाले केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा माओवादीका कार्यकर्ताहरूलाई पार्टी प्रवेश गराउँदै महासचिव पोखरेलले कम्युनिष्ट पार्टी विभाजन गरी आन्दोलनलाई क्षति पुर्याउने काममा कार्यकर्ता दोषी नरहेको बताएका छन् ।

महासचिव पोखरेलले नेपाली समाजलाई अगाडि बढाउन बलिया राजनीतिक दलहरूको आवश्यकता रहेका बताउँदै त्यो भनेको नीतिका आधारमा देशको नेतृत्व गर्न सक्ने बलियो राजनीतिक दल हो भने।

धेरै राजनीतिक दलका कारण बलियो सरकार बनाउन नसकिएको चर्चा गर्दै महासचिव पोखरेलले धेरै राजनीतिक दल हुनु भनेको जनमतको विभाजन हो र यो राज्यलाई कमजोर पार्ने आधार भएको समेत बताए ।

उनले भने– जति धेरै राजनीतिक दल त्यति धेरै राजनीतिक विचलल, जति धेरै राजनीतिक दल त्यति धेरै राजनीतिक अस्थिरता, जति धेरै राजनीतिक दल त्यति धेरै बैदेशिक हस्तक्षेप भन्ने कुरा हामीले बुझ्नुपर्छ । अहिले हामीले भोगिरहेको पीडा यही हो । मुलुक निर्माणका लागि दूरदर्शी नेतृत्व, दोस्रो बलियो राजनीतिक दल र राजनीतिक स्थायित्व आवश्यक पर्ने र त्यो आवश्यकता पूरा गर्न सक्ने पार्टी नेकपा एमाले मात्रै हो।

कार्यक्रममा वाइसीएल ललितपुर महानगरका अध्यक्ष सुजिन महर्जनसहित करीब ७० जना एमाले प्रवेश गरेका थिए ।