कक्षा १२ को नतिजामा नेपाल टप बनेका सन्दिप को हुन् त ?

१ भाद्र २०८०, शुक्रबार १०:०२

काठमाडौं, १ भदौ– राष्ट्रिय परीक्षा बोर्डले गत ३० साउनमा कक्षा १२ को नतिजा सार्वजनिक गरेको थियो ।

गत वैशाख २६ गतेदेखि जेठ ५ गते सम्पन्न परीक्षामा चार लाख ६७ हजार ३८९ विद्यार्थी सहभागि रहेका थिए । कक्षा १२ को परीक्षामा पर्वतको जलजला गाउँपालिका ४ का सन्दिप परियार नेपाल टप बनेको छ । उनले राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यलयले सार्वजनिक गरेको कक्षा १२ को नतिजामा ३.७१ जिपिए ल्याएर प्रथम भएका हुन् ।

उनको घरको आथि अवस्था कमजोर भएको हुँदा उनलाई पढाउन धेरै समस्या भोग्नु परेको उनकी सबिता परियारले बताएकी छन् । उनकी आमाले घरायसी काम र ज्याला मजदुरी गरेर हातमुख जोड्ने र छोराछोरीको पढाइखर्च जुटाउने गरेकी थिइन ।

निरन्तर दुःखसँग पौंठेजोरी खेल्दै अर्काको घरमा मजदुरी गरी छोरालाई उच्च शिक्षा दिलाएकी परियारले गाउँमा रहेको विद्याज्योती माविमा अध्ययनरत छोराले ३.७१ जिपिए ल्याएर प्रथम भएको खबर सुनाएपछि निकै भावुक बनेकी उनको आँखाबाट खुशीको आँशु झर्न थियो ।

श्रीमानले मदिरा सेवन गरेर दैनिक यातना दिने, छोराछोरीको पढाईमा समेत अवरोध हुन थालेपछि अर्काको घरमा भाँडा माझेर, मजदुरी गर्ने भन्दै छोराछोरीसँगै घर छोडिन् ।

श्रीमानको दुई बर्ष अगाडी अत्याधिक मदिरा सेवनकै कारण मृत्यु भएपछि दुःखका बलिन्द्रधारा आँसु झारेर दैनिकी बिताइरहेकी उनलाई छोराछोरीको लालनपालन, शिक्षादीक्षाको भारी काँधमा झन् भारी भयो ।