काठमाडौं, ३२ साउन–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरण र सुन तस्करीको इमानदारपूर्वक छानविन गर्न सरकारसँग माग गरेका छन् ।
आज (बिहीबार) इलाममा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले उक्त तीन प्रकरणमा निश्पक्ष छानविन भएमा औंलामा गन्न सकिने नेतामात्रै बाँकी रहने बताएका छन् । एक क्वीनटल सुन अन्तराष्ट्रिय विमानस्थलबाट बाहिरिँदा पनि सरकारले केही गर्न नसकेको सभापति लामिछानेको आरोप छ ।
यस्तै रास्वपाका आलोचकहरुलाई आगामी निर्वाचनबाट जवाफ दिने पनि उनले बताए । आगामी निर्वाचनसम्म पार्टीलाई बलियो बनाएर सबैभन्दा ठूलो शक्ति बनेर देशको फोहोर सफा गर्ने उनले बताए ।
