राम्रो योजना बनाउँछौं फेल हुन्छ: उपाध्यक्ष श्रेष्ठ

३२ श्रावण २०८०, बिहीबार १६:३२

काठमाडौं, ३२ साउन– राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले राम्रो योजना बनाएपनि कार्यान्वयन हुन नसकेको स्वीकार गरेका छन् ।

बिहीबार (आज) १६औं राष्ट्रिय योजनाको तयारीबारे आयोजित अन्तरक्रिया कार्यक्रममा उपाध्यक्ष श्रेष्ठले सडकमा पनि सदनमा पनि किन योजना बनाउन पर्‍यो भनेर आवाज उठेको भन्दै त्यो स्वाभाविक भएको बताएका हुन् ।

उनले भने, ‘सडकमा पनि सदनमा पनि योजना किन बनाउन पर्‍यो ? योजना बनाउँछौं राम्रो बनाउँछौं फेल हुन्छ । त्यो बनाउनुको अर्थ के छ र भनेर टिप्पणीहरु भइरहेका छन्। त्यो स्वभाविक नै हो । हामीले बनाउने योजनामा राखेको लक्ष्य पूर्ति नहुने जस्तै कृषि उद्योगका कुराहरु विभिन्न पूर्वाधारका कुराहरु आए यो सबै क्षेत्रमा काम गर्ने भनेर १३ सालमा जुन बन्यो त्यसपछि अहिलेसम्म आउँदा १५ वटा योजनाले केही न केही काम त बनेकै हो तर त्यसबाट भएको उपलब्धी उत्साहजनक भएन ।’

समाजिक क्षेत्रमा महिला सशक्तिकरण र समानताको कुरामा धेरै नै प्रगति गरेको उपाध्यक्ष श्रेष्ठले बताएका छन् । देश आर्थिक विकासको क्षेत्रमा चुकेको उनको भनाई छ ।