एमालेले गर्यो सार्वजनिक लेखा समितिको बैठक बहिस्कार

३२ श्रावण २०८०, बिहीबार १४:३८

काठमाण्डौ, ३२ साउन– प्रमुख प्रतिपक्षी दल एमालेका सांसदहरुले संसदको सार्वजनिक लेखा समिति बैठक बहिस्कार गरेका छन ।

आज (बिहीबार) दिउँसो १ बजेका लागि बोलाइएको समितिको बैठकमा एमाले सांसदहरु अनुपस्थित भएपछि कोरम नपुग्दा बैठक नै बस्न नसकेको एक नेताले बताएका छन ।

बैठकमा सहभागी समितिको कार्यकक्षमा पुगेका अन्य दलका सांसदहरु एमाले सांसदको प्रतिक्षमा पौने २ बजेसम्म बसेका थिए ।

तर त्यसबेला सम्म पनि एमाले सांसद नपुगेपछि बैठक स्थगित भएको समितिका जेष्ठ सदस्य समेत रहेका सभापति अर्जुननरसिंह केसीले जानकारी दिएका छन ।

यसअघिको बैठकमा एमाले सांसद योगेश भट्टराईले लेखा समितिको सभापति चयन नगरे अर्को बैठक एमालेले बहिस्कार गर्ने बताइसकेका थिए ।

सभापतिको हैसियतमा रहेका केसीले कोरम नपुगेकाले बैठक स्थगित भएको जानकारी दिएका छन । उनले लेखा समितिमात्रै नभएर सवै समितिले सभापति पाउनुपर्छ भन्नेमा सवैको एक मत रहेको बताएका छन ।