काठमाण्डौ, ३१ साउन– चितवनको टिकौलीमा तीनवटा गाडी एक आपसमा ठोक्किँदा २० जना घाइते भएका छन । मोटरसाइकल, स्कुल बस र शव बोकेको गाडी आपसमा ठोक्किएर दुर्घटना भएको चितवनका डिएसपी बिजय पण्डितले जानकारी दिएका छन ।
घाइते हुनेहरुमा चितवन खैरहनी नगरपालिका–४ बस्ने कृष्णबहादुर तामाङ, मकवानपुर हेटौंडा उपमहानगरपलिका–१४ बस्ने मोहन तामाङ, चितवन खैरहनी नगरपालिका–१ का जितबहादुर तामाङ, चितवन रत्ननगर नगरपालिका–१४ का कुसुमराज राना, सोही स्थानका सुरेश श्रेष्ठ, रत्ननगर नगरपालिका–९ का किशोर तामाङ, रत्ननगर–१४ बस्ने डोलबहादुर कार्की, सोही स्थान बस्ने पुर लामा, बुद्रिराम तामाङ, रतन्नगर–१६ बस्ने रेशम पोखरेल, सोही स्थान बस्ने दिलबहादुर घिसिङ, काठमाडौँ गोकर्ण नगरपालिका–४ बस्ने तारा श्रेष्ठ घाइते भएका छन् ।
त्यस्तै बोलेरोमा सवार नवलपुर गैडाकोट लोकराज लामा, चितवन नगरपालिका–१४ बस्ने आइतराम कामी, सोही स्थान बस्ने पुष्प तामाङ, कृष्ण लामा, रत्ननगर नगरापलिका–३ बस्ने गोपाल तामाङ र सोही स्थान बस्ने जीवन लामा रहेका छन । ना २ च ८४४६ नम्बरको शव बोकेको गाडी र अरू सवारी आपसमा ठोक्किएका थिए ।
घटनास्थलमा पुगेर प्रहरीले घाइतेहरूको उद्धार गरेको प्रहरीले बताको छ । त्यस्तै चितवन रत्ननगरनगरपालिकाका १४ का शंकर परियार पनि घाइते भएका छन् । परियार बाप्र ०३–००६ प९९८१ नम्बरको मोटरसाइकल चालक हुन् ।
सो मोटरसाइकलमा सवार सोही स्थानमा बस्ने दिवस शाक्य पनि घाइते भएका छन् । घाइतेहरुको पुरानो र नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।
