एयर इन्डियाको विमान त्रिभुवन विमानस्थलको धावनमार्गमै अड्कियो

३० श्रावण २०८०, मंगलवार १७:५५

काठमाण्डौ,३० साउन– एयर इन्डियाको काठमाडौं दिल्ली उडानको जहाज त्रिभुवन विमानस्थलको धावनमार्गमा अड्किएको छ ।

उडान नम्बर २१६ को जहाजको ह्विललक भएका कारण धावनमार्गमै अड्किएको विमानस्थल स्रोतले जानकारी दिएको छ । एयर इन्डियाको जहाज धावनमार्गमा अड्किँदा करिब ५७ मिनेट त्रिभुवन विमानस्थलमा उडान र अवतरण नै रोकिएको स्रोतले जानकारी दिएको छ ।

अपरान्ह सवा पाँच बजेदेखि भने उडान अवतरण सुरु भएको छ । ह्विल लक भएको जहाजलाई तानेर पार्किङतर्फ ल्याई धावनमार्ग खुला गरिएको स्रोतले जानकारी दिएको छ ।