काठमाण्डौ,३० साउन– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले विगतमा आफूहरूलाई पार्टीबाट निकाल्ने षड्यन्त्र गरिएको बताएका छन ।
उनले विगतमा माधव नेपालले आफुलाई साधारण सदस्यबाटै निष्कासन गर्ने योजना बनाइए पनि त्यो सफल नभएको बताएका छन ।
आज (मंगलबार) पार्टीको वाग्मती प्रदेशस्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रममा उनले तत्कालीन एमाले वरिष्ठ नेता माधवकुमार नेपालले यस्तो कदम चालेको आरोप लगाएका छन ।
पार्टीको वरिष्ठ नेता हुँदाहुँदै नेपालले एमाले सरकार ढाल्न मतदान गरेको ओलीको आरोप छ । दक्षिणपन्थी सरकार बनाउन नेपालले भोट दिएको भन्दै ओलीले आक्रोश व्यक्त गरेका छन ।
उनले भने, ‘विचरा माधव नेपाल १ नाम त नलिए हुने हो, तर यो आन्दोलन समाप्त पार्नका निम्ति उनी यति तल गिरे, अदालत गए, कहाँ गएनन् ?, के गरेनन्?
उनले १ र, प्रतिक्रियावादी, दक्षिणपन्थी सरकार बनाए ।’ अध्यक्ष ओलीले भने, ‘दुईतिहाइ कम्युनिस्ट पार्टीको सरकार ढालेर यो पार्टीमा बस्दाबस्दै, यसको वरिष्ठ नेता हुँदाहुँदै पछाडिको सिटमा बसेर पछाडिको ढोकाबाट घोसेमुन्टो लाएर लुसुक्क गरेर हाम्रो सरकार गिराउन भोट दिए ।
दक्षिणपन्थी सरकार बनाउन भोट दिए । ’ नेता नेपालले पार्टीबाट अलग भई नेकपा एकीकृत समाजवादीदगठन गरेका थिए । हाल नेपाल सो पार्टीका अध्यक्ष रहेका छन ।
