सर्वोच्च अदालतमा आज कुनैपनि मुद्दामाथि सुनुवाइ हुने

३० श्रावण २०८०, मंगलवार १४:१२

काठमाडौं,३० साउन– सर्वोच्च अदालतमा आज कुनैपनि मुद्दाउपर सुनुवाइ नहुने भएको छ ।

सर्वोच्च अदालतका पूर्व न्यायाधीश उदयराज उपाध्यायको निधन भएको कारण आज कुनैपनि मुद्दामाथि सुनुवाइ नगर्ने निर्णय भएको सर्वोच्च प्रशासनले जनाएको छ ।

पूर्वन्यायाधीश उपाध्यायको गएराति भएको असामयिक निधनमा शोक व्यक्त गर्न यस अदालतमा आज मिति २०८०/०४/३० गते पेसी तोकिएका मुद्दाको सुनुवाइ नहुने ब्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ, सर्वोच्चको प्रशासन शाखाले जारी गरेको सूचनामा भनिएको छ ।