काठमाडौं, ३० साउन– नेकपा (एमाले) अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पत्रकार भैरव रिसाललाइै भेटेका छन् ।
सोमबार (हिजो) पत्रकार भैरव रिसालको ९६ औं जन्मदिनको अवसरमा उनलाई भेट्न ओली उनकै निवास पुगेका हुन् । भेटमा ओलीले पत्रकार भैरवलाई ९६ औं जन्मदिनको शुभकामना पनि दिएका छन् ।
पत्रकार भैरवले राणा शासन ढलेर भर्खर प्रजातन्त्र आएको बेलादेखि पत्रकारिता गरेका थिए । उनको पत्रकारिता क्षेत्रमा अतुलनीय योगदान रहेका छ । त्यो बेलामा अहिले जस्तो सामाजिक सञ्जाल (सोसल मिडिया) थिएन। समाचार खोज्न र प्रकाशन गर्न कठिनाइ थियो। भर्खरै सञ्चार माध्यमको विकास हुँदै थियो। पत्रकार भैरव रिसालले राणा शासन ढलेर भर्खर प्रजातन्त्र आएको बेलादेखि पत्रकारिता थिए।

पत्रकार भैरव र एमाले अध्यक्ष ओलीबीच भेट्मा केही हाँसो ठट्टा र केही पुराना कुराहरु पनि सम्झना समेत गरिएको थियो । उहिल्यै लिपुलेक कालापानी क्षेत्रमा उनी जनगणना टोलीमा पनि सामेल भएका थिए ।
