नेकपा माओवादी सुदुरपश्चिम प्रदेशको विशेष रुपान्तरण अभियान सुरु

२९ श्रावण २०८०, सोमबार १८:४७

काठमाडौं,२९ साउन – नेकपा (माओवादी केन्द्र) का सचिव डिलाराम आचार्यले सुदुरपश्चिम प्रदेश इन्चार्जको जिम्मेवारी पाए संगै पार्टी प्रवेश तथा धुर्वीकरण अभियान तीव्र रुपमा अगाडि बढाएका छन् ।

पार्टी प्रवेश तथा धुर्वीकरण अभियानका क्रममा नेकपा एमालेबाट दोगडाकेदार गाउँपालिकाका उपाध्यक्ष मानसिंह गोयला र सचिव धन बहादुर महरा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

एमाले परित्याग गरी माओवादीमा प्रवेश गरेका उनीहरुलाई नेकपा (माओवादी केन्द्र) का सचिव तथा सुदुरपश्चिम प्रदेश इन्चार्ज डिलाराम आचार्यले पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा एक कार्यक्रमको पार्टी मा खादा र माला लगाएर स्वागत गरेका छन् ।