माधव नेपाल एक्लो बन्दै, नेता तथा कार्यकर्ताहरु एमालेमा दैनिक रुपमा प्रवेश गर्दै

२९ श्रावण २०८०, सोमबार १३:५१

काठमाडौं, २९ साउन – नेकपा एमाले विभाजन हुँदा माधव कुमार नेपाललाई रोजेका नेता तथा कार्यकर्ताहरु पछिल्लो समयमा एमालेमै फर्किनेहरुको जमात बढ्दो क्रममा रहेको छ ।

गत शनिबारमात्र वैकल्पिक केन्द्रीय सदस्य कमला तुलाधर एमाले प्रवेश गरेकी थिइन् ।

यसअघि कैयौं नेकपा एसका नेता तथा कार्यकर्ताहरु एमालेमै फर्कि सकेका छन् । अहिलेसम्म ३० जना केन्द्रीय नेता र १२ जना जिल्ला अध्यक्षहरू नेकपा एकीकृत समाजवादी परित्याग गरी एमाले प्रवेश गरिसकेका छन्।

आइतबार (हिजो) तीन दर्जन नेता कार्यकताई नेकपा एस त्यागेर एमाले प्रवेश गरेका छन् । एमालेमा प्रवेश गर्नेहरूमा विजेन्द्र, सौरभ बस्नेत, पुनित सैजु, कृष्ण भण्डारी, निजेन सुज्ञरतु, रञ्जन ठिमी, साजन, रैजिन कोजु, सुवास गोसाई, सुमन गोसाई, सोरेश गोन्छा, निरोज कायस्थ, सुमन बसुकला, रविन मस्यारण्वा, रोशन श्रेष्ठ, मनिस सैजु, आसिन कोजू, राजेश कोजू, एलिस कुस्मा, रुविन चौगुठी, किरण सितीखु, सागर बराल, कपिल लाखजू, आशिष शिजखु, राज नकर्मी, इसान श्रेष्ठ, आसिन कोजू रहेका छन् ।

यस्तै मधेश प्रदेशबाट विभिन्न पार्टी परित्या गरी १०० भन्दा बढी नेता तथा कार्यकर्ताहरु यही साउन महिनाभित्र एमालेमा प्रवेश गर्दै छन् ।