मौलापुर ४ की २४ वर्षीया कविता देवी र उनकी छोरी दाइजो नल्याएको निहुंमा हत्या

२९ श्रावण २०८०, सोमबार १३:२६

काठमाडौं, २९ साउन– कविता देवीको लाग न्याय माग्दै सिंहदरबार आज प्रदर्शन भइरहेको छ ।

मौलापुर नगरपालिका–४ पतौरा गाउँकी २४ वर्षीया कविता देवी र उनकी दुई वर्षीया छोरी आरुही शुक्रबार राति घरमै मृत फेला परेका थिए । कविताले दाइजो नल्याएको भन्दै उनको हत्या गरिएका हुनसक्ने भन्दै सोमबार (आज) सिंहदरबार अगाडि प्रदर्शनकारीहरुले प्रदर्शन गरिरहेका छन् ।

आरुहीको शव पङ्खामा झुिन्डएको तथा कविताको शव घरबाट बाहिरिने सिँढीमुनि फेला परेको प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक उमाशंकरप्रसाद यादवले बताए थिए । उनका अनुसार मृतक कविताका पति धिरेन्द्र साह र ससुरा नागेन्द्र साह घटनापछि फरार छन्। कविताकी सासू र जेठानीलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ।

कविताको माइती पक्षले दाइजोको निहुँमा उनको हत्या गरिएको आरोप लगाएको छ। उनको माइतीघर माधवनारायण नगरपालिका–५ मिठुअवा गाउँ हो। कविताका बुबा विजयशङ्कर साहले घटना थाहा पाउनसाथ आफू छोरीको घर गएको तर आफूले छोरी र नातिनीको शव हेर्नसमेत धेरै बेरपछि पाएको बताए ।

https://youtu.be/9SGAX1cyYNc