सिरहा, २८ साउन– राष्ट्रिय खेलकुद परिषदले बढुवा को परिणाम ननिकालिएकोमा राष्ट्रिय खेलकुद परिषद कर्मचारी संघले दवाव दिन बिभिन्न बिरोधको कार्यक्रम घोषणा गरेको छ।
जस अन्तर्गत आज सिरहा जिल्लाका खेलकुद कर्मचारी संघले हातमा कालो पट्टि बाधि बिरोध जनाएका छन्। बढुवा को परिणाम ननिकालेमा थप बिरोधकार्यक्रम हरु अन्तर्गत ३२ र १ गते पेन डाउन गरि सबै काममा प्रभावित हुने गरि बिरोध जनाइने राष्ट्रिय खेलकुद परिषद कर्मचारी संघ मधेश प्रदेश का अध्यक्ष राजेश गुप्ता ले जनकारी गराउनु भयो।
