टोपबहादुर रायमाझीका कारण रायमाझी भन्न पनि लाज लाग्छ: देवि बहादुर रायमाझी

२८ श्रावण २०८०, आईतवार १३:०८

काठमाडौं, २८ साउन– नेकपा एमाले नेता टोपबहादुर रायमाझीका कारण आफू रायमाझी भन्न पनि लाज भएको माओवादी केन्द्रका प्रदेश समिति सदस्य तथा सन्धिखर्क नगर ईन्चार्ज देवि बहादुर रायमाझीले बताएका छन् ।

नेकपा (माओवादी केन्द्र ) अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नं ९ द्वारा अर्घा मसुरेपाटामा आयोजित विस्तारित बैठक शुक्रबार सम्पन्न बैठकमा उनले यस्तो बताएका हुन्। केही दिन अगाडि भेट्न गएको समयमा उनिहरु आफैमा पोलापोल गरिरहेको देख्दा बास्तवमा दोषि नै रहेको बताईका छन् ।

कार्यक्रममा पार्टी लुम्बिनी प्रदेश सदस्य कृष्ण सारु, सन्धिखर्क नगर समिति कोषाध्यक्ष अम्मर परियार सन्धिखर्क काठमाडौ सम्पर्क मञ्चका अध्यक्ष वसन्त अधिकार, जेष्ठ कम्युनिस्ट मञ्च प्रदेश सदस्य ज्ञान वहादुर रायमाझी, खुमानसिंह वि.क, सन्धिखर्क नगर समिति सदस्यहरु ,वडा समिति पदाधिकारी तथा सदस्यहरु पार्टी कार्यकर्ता तथा पार्टी सदस्यहरु लगायतको उपस्थिति थियो ।

उपस्थितिहरुबाट प्रतिनिधित्व गरि पालैपालो रिपोर्टिङ समेत गरिएको थियो । कार्यक्रम नेकपा (माओवादी केन्द्र) सन्धिखर्क नगर समिति सदस्य तथा ९ नं वडा समिति अध्यक्ष बेदुराम भुसालको अध्यक्ष तथा वडा समिति सचिव वसन्त वि.क को संचालनमा सम्पन्न भएको थियो ।