काठमाडौं, २८ साउन– नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरी अफ्रिकी मुलुकहरुको भ्रमणमा रहेका छन् ।
अफ्रिकाको विभिन्न देशहरुको भ्रमणमा रहेका उनले आदिवासी जनजातिको संस्कार–संस्कृति अवलोकनमा रमाई रहेको तस्वीर तथा भिडियो सामाजिक सञ्जालमा अपलोड गरिरहेका छन् ।

अहिले उनले केन्यामा रहेका त्यहाँका आदिवासी जनजातिहरुको नृत्यदेखि त्यहाँको समाजिक एवं आर्थिक अवस्था अध्ययन अवलोकन गरिरहेका छन् । यस क्रममा उनलाई केन्याली आदिवासीले आफ्नो सांस्कृतिक पोशाक लगाएर नृत्यमा सहभागी समेत गराएका छन् ।
उनी अहिले अफ्रिकाका विभिन्न ठाउँमा जंगल सफारी समेत गरिरहेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत पोष्ट साझा गर्दै उनले अफ्रिकाका आदिवासी जनजातिको संस्कार र यहाँका जंगलमा देखिने अनेक प्रजातिका जनावरहरुको झुण्डका विषयमा जानकारी गराइरहेका छन् ।

आदिवासी जनजातिको संस्कार-संस्कृति र पहिचान कसरी जोगाउनु पर्छ र यसले मुलुकलाई विश्व समुदायमा मौलिक रुपमा चिनाउन कति ठुलो भूमिका खेल्छ भन्ने बारे अफ्रिकन मुलुकबाट सिक्न सकिने नाउपा संरक्षक रेशम बताएका छन् ।
