काठमाडौं, २८ साउन– तेह्रथुमको आठराई गाउपालिका–१ सक्रान्तीमा गाडिएको अवस्थामा एक महिलाको शव भेटिएको छ ।
गत साउन १४ गते घरबाट हराएकी २४ बर्षिय रेशिका श्रेष्ठको शव आफ्नै घर नजिकै गाडिएको अवस्थामा शनिबार (हिजो) भेटिएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी निरीक्षक छिपिञ्जो भोटेले जानकारी दिए ।
घरायसी विवादपछि घर छोडेर भागेको भन्दै उनका श्रीमान राजकुमार श्रेष्ठ पनि केही दिन अघि बेपत्ता भएका थिए । श्रीमान श्रीमती नै एकाएक हराएपछि रेशिकाको माईतीले खोजतलासका लागी ईलाका प्रहरी कार्यालय सक्रान्ती बजारमा जानकारी गराएका थिए ।
फरार श्रेष्ठको खोजी कार्य भईरहेको र घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरी स्रोतले बताएको छ । होटल व्यवशाय संचालन गर्दै आएका श्रेष्ठ दम्पतीको ६ बर्षिय छोरी समेत रहेको वडाध्यक्ष प्रेमराज लिम्बुले बताएका छन् ।
