काठमाडौं, २६ साउन– नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य वीरेन्द्रप्रसाद यादवसहित नेता तथा कार्यकर्ता नेकपा (एमाले) मा प्रवेश गरेका छन् ।
एमालेमा प्रवेश गरेका उनीहरुलाई अध्यक्ष केपी शर्मा ओलीले आज (शुक्रबार) पार्टीको केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा खादा र अवीर लगाई स्वागत गरेका हुन् ।
पार्टी प्रवेश गर्नेहरूमा नेकपा माओवादी केन्द्रका मधेश प्रदेश कमिटी सदस्य सलाउद्दीन अहमद र कृष्णमोहन प्रसाद यादव, पर्सा जिल्ला कमिटी सदस्य दीपेन्द्र चौधरी रहेका छन् । यस्तै माओवादी कार्यकर्ता छोटेलाल महतो, अखिलेश महतो, राजवंशी यादव, हसमुदिन देवान र छोटी यादव पनि एमालेमा प्रवेश गरेका हुन्।

